सुनसरीका दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीका दुई जना कोरोना संक्रमितको शुक्रवार बिहान मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय वृद्ध र दुहवीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज २० गते संक्रमण पुष्टि भएको वृद्धको विहान साढे १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनलाई विहीवार कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी असोज १२ गते भर्ना भएका ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएपछि उपचारको क्रममा बिहान २ बजेतिर मृत्यु भएको छ ।
डा. श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस