श्रद्धाञ्जली कार्यक्रममा जसपाका नेताहरु सप्तरी आउजाउ गर्ने क्रम बढ्दो

राजविराज, २३ असोज । असोजको दोस्रो सातातिर केही दिनको फरकमा सप्तरीमा जनता समाजवादी पार्टीका तीन केन्द्रिय नेताको निधन भएपछि केन्द्रिय नेताहरु सप्तरी आउने क्रम बढेको छ ।

तत्कालीन राजपा नेपालका वरिष्ठ उपाध्यक्ष गङ्गाराम यादव, केन्द्रिय नेता एवम् पूर्व सांसद हरि प्रसाद राय र अर्का केन्द्रिय नेता धर्मनारायण रायको केही दिनको फरकमा निधन भएको हो । पार्टीका अनुभवी नेताहरुको निधनमा समवेदना प्रकट गर्न तथा श्रद्धाञ्जली सभामा भाग लिन पार्टीका नेताहरु सप्तरी आउजाउ गर्ने क्रम बढेको छ ।

उनीहरुको निधन भएको केही दिनपछि जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम् प्रतिनीधि सभा सदस्य उपेन्द्र यादव स्वयम् सप्तरी आएका थिए । उनले तीनै जना दिवङ्गत नेताहरुको घर पुगेर परिवारजनप्रति सहानुभूति प्रकट गरेका थिए ।

यसैक्रममा विहीबार मात्रै जनता समाजवादी पार्टीका पदाधिकारी एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, केन्द्रिय नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले दिवङ्गत नेताहरुको परिवारजनलाई सहानुभूति प्रकट गर्नुकासाथै श्रद्धाञ्जलीसभा तथा शान्तिभोजमा सहभागी भएका छन् । त्यस क्रममा जिल्ला स्थित पार्टीका पदाधिकारी एवम् केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780