बारुदजन्य पदार्थसहित दुई जना पक्राउ

सुनसरी, २३ असोज । सुनसरीको ईटहरी ५ स्थित राजमार्ग एरियाबाट बारुदजन्य पदार्थ (पटाका) सहित दुई जनालाई प्रकाउ गरिएको छ ।

राजमार्ग किनारमा बोरामा लुकाएर राखिएको पटाका सहित श्रीपुरका आलम मियाँ र समिर मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुचनाका आधारमा खटिएको प्रहरी टोलीले विहिवार ६७ बण्डल पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस