देशभर २ हजार ५९ कोरोना संक्रमित थपिए

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार सोही अवधिमा १ हजार ६८० जना डिस्चार्ज भएका छन् ।

योसहित देशभर हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६७६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । हालसम्म ७३ हजार २३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस