सशस्त्र प्रहरी बलमा १ हजार ८३३ जवानका लागि नयाँ भर्ना खुल्यो

जनकपुरधाम, २४ असोज । सशस्त्र प्रहरी बलमा १ हजार ८३३ जवानका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले शनिवार नयाँ भर्ना सम्वन्धि सूचना जारी गरेको छ ।

खुलातर्फ ९८८, अमर अशक्त सशस्त्र प्रहरीका सन्तनका लागि २०, समावेशीतर्फ महिला १६५, आदिवासी जनजाति २६४, मधेसी २३१, दलित १२४, पिछडा वर्गका लागि ४१ जनाको नयाँ भर्ना खुलाइएको सूचनामा उल्लेख छ ।

सशस्त्र प्रहरी बलको देशभरका ७५ वटा कार्यालयहरुमा दरखास्त दिन सकिने छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका कम्तीमा ८ कक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले असोज २४ गते १० बजेदेखि कात्तिक २३ गते ५ बजेसम्म दरखास्त दिन सक्ने छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस