सर्लाही जिल्लाका सिडियो पौडेल कोरोना पोजेटिभ

सर्लाही, २४ असोज । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल कोरोना पोजेटिभ भएका छन् ।

सामान्य लक्षण र कन्ट्याक्ट ट्रेसिङका आधारमा विहीबार उनले स्वाब दिएकोमा शनिवार उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो । केही महिना अघि जिल्ला प्रशासन कार्यालयमा पौडेल सरुवा भएर आएका थिए ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उक्त विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन् ‘सामान्य लक्षण र कन्ट्याक्ट् ट्रेसिङका आधारमा मिति २०७७।०६।२२ गते आरटि पिसिआर परीक्षण गराउँदा मेरो कोभिड १९ पोजेटिभ रिजल्ट भर्खरै प्राप्त भएकोले मेरो नजिकको सम्पर्कमा रहेका महानुभावहरु सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध गर्दछु ।’

‘मधेश लाइभ डटकम्’सँग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफुमा जिउ दुख्ने, स्वाद तथा सुँघ्ने क्षमता कमता भएको बताए । आफुमा अन्य कुनै पनि लक्षण नरहेको तथा स्वास्थ्य अवस्था समेत सामान्य रहेकोले होम आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस