भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार

जनकपुरधाम, २८ असोज । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७०६ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८५६ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ३४२ संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

विश्वमा मृत्यु हुनेको संख्या १० लाख ७९ हजार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७९ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ६९ हजार ९७५ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस