जनकपुरधाम, ३० असोज । विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० लाख ८९ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ८९ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको छ ।
सोही अवधीमा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।