नेपाल प्रहरीमा ५ हजार २२७ जनाका लागि जागिर खुल्यो (सूचनासहित)

जनकपुरधाम, ३० असोज । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना प्रहरी जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमररअशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ ।

यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस