नेपाल टेलिकमः यसरी पाउनुहोस् ५ सय एमबी डेटा निःशुल्क

जनकपुरधाम, ३० असोज । नेपाल टेलिकमले एप्लिकेशन डाउनलोड गर्ने ग्राहकलाई ५ सय एमबी डेटा निःशुल्क उपलब्ध गराउने भएको छ । पहिलो पटक एप्लिकेशन गर्ने ग्राहकलाई ५ सय एमबी डाटा निःशुल्क उपलब्ध गराउने भएको हो । यो भने अफर कात्तिक १ गतेबाट लागू हुनेछ ।

यो अफरमा नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले मोबाइल डेटा पाउने छन् । यसैगरी आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गर्ने ग्राहकले पनि निशुस्ल्क डेटा पाउने छन् ।

कम्पनीले ८३ डायल गरी फोरजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन् । तर यसमा ५ सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ ।

नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आइओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस