करेन्ट लागेर घर बनाउने मिस्त्रीको मृत्यु

सुनसरी, २ कात्तिक । सुनसरीको दुहबी वडा नम्बर २ मा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुलीको तार सर्ट भई करेन्ट लागेर ४५ बर्षीय शिव नारायण चौधरीको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका चौधरीको विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस