पछिल्लो २४ घण्टामा २ हजार ९४२ कोरोना संक्रमित थपिए, २ हजार ३२६ डिस्चार्ज

जनकपुरधाम, २ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा २ हजार ३२६ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । हालसम्म कुल १ लाख ३२ हजार २४६ संक्रमित भएका छन् । जसमा हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस