लागुऔषधसहित यादवद्वय पक्राउ

राजविराज, ५ कार्तिक । सुनसरीको कोशी गाउँपालिका–१ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले सोही गाउँपालिका वडा नम्वर ५ का ३८ वर्षीय अशोक यादव र भारत विहारस्थित सुपौलका २२ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरु सवार को १७ प २८१९ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी तथा १ हजार ८० स्पास्मो प्रोक्सिभन ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । दुवैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस