थप ३ हजार ५१७ कोरोना संक्रमित थपिए, ४ हजार ९६ जना डिस्चार्ज

जनकपुरधाम, १४ कार्तिक । देशभर थप ३ हजार ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१७ संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ४ हजार ९६ जना कोरोनामुक्त भएका छन् । थपिएका संक्रमितसँगै संक्रमितको कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ जना पुगेका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस