कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९२० पुग्यो

जनकपुरधाम, १४ कार्तिक । कोरोना भाइरस संक्रमणका कारण देशभर थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस