खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख सिंह कोरोना संक्रमित

राजविराज, १४ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह कोरोना संक्रमित भएका छन् ।

उनको पिसीआर परीक्षण रिपोर्ट आज (शुक्रवार) पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

‘कार्तिक ८ गते एक दिन ज्वरो आएको थियो, त्यसपछि जिउ दुख्न थालेपछि क्वारेन्टाइन भए’ उनले भने–‘गत बुधवार पिसीआर परीक्षण गराएपछि आज रिपोर्ट पोजेटिभ आएको छ, यद्यपी केही समस्या भने छैन् ।’

चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बस्दै आएको प्रमुख सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस