औषधी व्यवसायी नै लागुऔषध कारोबारी !

राजविराज, १४ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका एक औषधी व्यवसायीले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको पाइएको छ ।

प्रहरीले आज (शुक्रवार) ठुलो परिमाणमा लागुऔषधसहित ३७ वर्षीय रंजितकुमार यादवलाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बोदे बरसाईन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठुलो परिमाणको लागुऔषध बरामद गरेको छ । यादवले सोही ठाउँमा औषधी पसल पनि सञ्चालन गर्दै आएका छन् ।

खडकपुर नयाँ चौकस्थित फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाईट्रोभेट ट्याब्लेट, ३५ थान डाईलेक्स डिसी बोतल, ७ थान डाईजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिएको यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस