प्रतिनिधिसभा सदस्य एवम् पूर्वसभामुख महरालाई पत्नीशोक

जनकपुरधाम, १९ कार्तिक । प्रतिनिधिसभा सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । उनकी पत्नी सीता महराको आज विहान नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान निधन भएको हो ।

महराकी पत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सीता महराको निधनबाट अत्यन्त दुःख लागेको बताउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस