विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ४० हजार व्यक्ति कोरोना संक्रमणमुक्त

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा थप चार लाख ७२ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ । चार लाख ७२ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ ।

वल्र्डोमिटरको तथ्यांकअनुसार उपचार गराइरहेकामध्ये ९२ हजार ६२४ जना सिकिस्त छन् । कुल संक्रमितको संख्या भने ५ करोड ७ लाख ३१ हजार १५१ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २१ लाख ४७ हजार ५८३ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५७ लाख ९३ हजार २२७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६१ हजार ७४५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस