जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली लागु, नयाँ नागरिकता लिन ‘टोकन’ अनिवार्य

राजविराज, २३ कार्तिक । जिल्ला प्रशासन कार्यालय सप्तरीले नयाँ नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न ‘टोकन’ प्रणाली लागु गरेको छ । कोभिड–१९ संक्रमणको बेला नयाँ नागरिकता लिनेहरुको अत्याधिक चाप बढेपछि ‘टोकन’ प्रणाली लागु गरेको हो ।

संक्रमण फैलिनबाट रोक्न तथा स्वास्थ्य सर्तकतासहितको सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयोजनले ‘टोकन’ प्रणाली लागु गरिएको प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिए । जसअनुसार मंसिर २ गतेसम्मकालागि टोकन वितरण भइसकेको छ ।

टोकन पाइसकेका सेवाग्राहीलाई सोमवारबाट नयाँ नागरिकता प्रदान गर्ने कार्यालयले आइतवार जारी गरेको सूचनामा उल्लेख छ । टोकन नपाएका सेवाग्राहीहरुलाई मंसिर ३ गतेबाट मात्रै कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

सूचना हेर्नुस्ः

 

Author:



क्याटोगरी छान्‍नुहोस