सप्तरीमा कति छन् सक्रिय कोरोना संक्रमित ? [विवरणसहित]

राजविराज, २३ कार्तिक । सप्तरीमा आज (आइतवार) एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमित संख्या १ हजार ६६९ पुगेको छ । आजसम्म संक्रमित हुनेमा ३३५ महिला र १ हजार ३३४ पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए ।

उनकाअनुसार संक्रमितमध्ये आजसम्म १ हजार ४८८ जना निको भएका छन् । निको हुनेमा २९४ महिला र १ हजार १९४ पुरुष छन् ।

आजसम्म १५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । तथ्यांकअनुसार होम आइसोलेसनमा १३८ जना, साईकृष्णा मेडिकल कलेज राजविराजको आइसोलेसनमा ७ जना, कञ्चनरुप नगरपालिकाको आइसोलेसनमा ४ जना र खडक नगरपालिकाको आइसोलेसनमा १ जना छन् ।

सप्तरीमा आजसम्म कुल १९ हजार ९६४ जनाको पिसीआर परीक्षण भएको छ ।

कोरोनाबाट ३१ जनाको मृत्यु

स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भएको छ । मृतक हुनेमा ५ महिला र २६ पुरुष छन् । कोरोनाबाट सवैभन्दा बढी राजविराज नगरपालिकामा मृत्यु भएको छ ।

राजविराजमा मात्रै २ महिला र ११ पुरुष गरी १३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस