पछिल्लो २४ घण्टामा २ हजार ८१७ कोरोना संक्रमित थपिए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा आइतवार देशभर २ हजार ८१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१२ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १ लाख ५७ हजार ९२७ जना निको भएका हुन् । देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

थप २१ संक्रमितको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस