जिल्ला प्रशासन कार्यालय सप्तरीमा आजबाट ‘टोकन’ प्रणाली लागु [अब यसरी प्रवाह हुन्छ सेवा]

राजविराज, २४ कार्तिक । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आजबाट ‘टोकन’ प्रणाली लागु भएको छ । नयाँ नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न कार्यालयमा ‘टोकन’ प्रणाली लागु भएको हो । कोभिड–१९ संक्रमणकै बेला नयाँ नागरिकता लिनेहरुको अत्याधिक चाप बढेपछि ‘टोकन’ प्रणाली लागु गरिएको प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए ।

संक्रमण फैलिनबाट रोक्न तथा स्वास्थ्य सर्तकतासहितको सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयोजनले ‘टोकन’ प्रणाली लागु गरिएको हो । कार्यालयबाट आगामी मंसिर २ गतेसम्मकालागि टोकन वितरण भइसकेको जनाएको छ ।

टोकन पाइसकेका सेवाग्राहीलाई आजबाट नयाँ नागरिकता प्रदान गर्न थालिएको छ । टोकन नपाएका सेवाग्राहीहरुलाई मंसिर ३ गतेबाट मात्रै कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको प्रशासकीय अधिकृत ठाकुरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस