ट्वीन्कलले भनिन् ‘मलाई बम भनिनु खुशीको कुरा हो’

 

हिन्दी सिनेमाका दर्शकहरुको अत्यधिक पर्खाईमा रहेको चर्चित अभिनेता अक्षय कुमारद्वारा अभिनित फिल्म ’लक्ष्मी’ ओटीटी प्लेटफर्ममा आज रिलिज हुन लागेको छ । उक्त फिल्मले शुरुदेखि नै प्रशंसा र आलोचना खेप्नुपरेको छ । यो फिल्म रिलीज हुनु भन्दा १० दिन अगाडिदेखि नै चर्चाको विषय बन्न पुगेको छ ।

शुरुमा फिल्मको टाइटल ’लक्ष्मी बाम्ब’ थियो । पछि उक्त टाइटलमा आलोचना भएपछि बदलेर ’लक्ष्मी’ राखियो । अक्षय कुमारकी पत्नी ट्वींकल खन्नालाई फिल्मको नाममा गरिएको परिवर्तन त्यति पसन्द छैन । उनलाई पुरानै टाइटल मन परेको थियो ।

पछिल्लो समय ट्विंकल खन्ना ट्रोल्सको शिकार भएकी छिन् । ट्विंकलको तस्वीरको अनुहारको भागमा निलो पारिदिएको छ । उनलाई ट्विंकल बम भनिएको छ । उता ट्विंकलले भने सकारात्मक प्रतिक्रिया जनाएकी छिन् । उनले भनेकी छिन् – ’मलाई त अत्यन्तै खुशी लागेको छ, आधा उमेर वितिसकेको अवस्थामा मलाई यदि बम भनिन् थालिएको छ भने यो मेरो लागी खुशीको कुरा हो ।

Author:



क्याटोगरी छान्‍नुहोस