अमेरिकी निर्वाचन परिणामप्रति नेपाली नायिका केकीको मार्मिक प्रतिक्रिया

 

नेपाली चलचित्र क्षेत्रमा नाम कमाएकी नायिका हुन् केकी अधिकारी । उनले सामाजिक विकृति विसङ्गती विरुद्ध चलचित्रहरुमा अभिनय गर्न अत्यधिक रुचाउँछिन् । पर्दाको अभिनय पश्चातको समय उनी समाजिक सरोकारका साथै सामाजिक रुपान्तरणको क्षेत्रमा समेत सक्रिय छिन् । उनले सामाजिक सञ्जाल मार्फत अमेरिकी जनता गरेको मतदान तथा त्यसले ल्याएको परिणामको विषयमा प्रतिक्रिया जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्–पछिल्ला केही वर्षहरुमा विभिन्न देशहरुमा बिभेद र बिभाजनको राजनीतिलाई प्रश्रय दिने चरित्रहरु सत्ता र शक्तिको केन्द्रमा थिए र छन् । जात, धर्म, लिंग, वर्ण र राजनितिक आस्थाको आधारमा घृणा र द्वेष फैलाउने दूषित संस्कार यहि आधा दशकमा झनै मौलाएको थियो । कोभिड १९ ले आक्रान्त प्रतिकूल विश्व परिस्थितिमा अमेरिकी निर्वाचनले ल्याएको परिणामले जनताको सर्वोच्चतालाई फेरि एकचोटी स्थापित गरिदिएको छ । लोकतन्त्रको गरिमा, सौन्दर्य र मर्यादालाई कायम राख्न सफल भएकोमा सम्पूर्ण अमेरिकी जनताहरुलाई हार्दिक बधाई !

यो परिणामले विश्वभरिका लोकतान्त्रिक मुलुकहरुमा ब्यक्तिमात्र नभै राजनितिक चरित्रमै परिवर्तन खोज्ने संस्कृतिको शुरुवात होस्। सहअस्तित्व, समानता र सौहार्द्रता राजनितिको मूलभुत शर्त बनोस् । मानवताको जय होस् ।

Author:



क्याटोगरी छान्‍नुहोस