लागुऔषधसहित ब्रिटिस र भुमिराज पक्राउ

राजविराज, २४ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी रमपुरा मल्हनियाँबाट खटिएको टोलीले वडा नम्वर १४ बेरियाघाट स्थित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–२ फत्तेपुरका ३५ वर्षिय ब्रिटिस थापा मगर र वडा नम्वर २ का ३० वर्षिय भुमिराज थापा छन् ।

उनीहरुको साथबाट डाईजिल्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल र ७० हजार रुपैयाँ बरामद बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस