सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

राजविराज, २४ कार्तिक । नेपाली बजारमा आज (सोमवार) सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । पाँच सय रुपैयाँले बढेको छापवाला सुनको मूल्य प्रति तोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।

आईतवार उक्त सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो । यसैगरी सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा तेजाबी सुन खरीदबिक्री भईरहेको छ ।

आज चाँदीको प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस