२४ घण्टामा थपियो २ हजार ५७१ संक्रमित, १ हजार ७९८ भयो डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले बताएका छन् । हालसम्म कुल १ लाख ५९ हजार ७२४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । हालसम्म संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले १५ लाख ५१ हजार २५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस