समग्र विकासमा युवाहरुले सक्रियता बढाउनु आवश्यक छ : पूर्व मन्त्री यादव

राजविराज, २४ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमवार सामाजिक रुपान्तरणमा युवाहरुको अभियान अन्तर्गत गाउँपालिकाको समग्र विकास तथा नमूना गाउँपालिका सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक रुपान्तरणमा युवाहरुको अभियानले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अभियानका अध्यक्ष कृष्णा मण्डलको अध्यक्षता तथा पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अन्तरक्रियामा समग्र विकासमा युवाहरुको योग्दान र भुमिकाको बारे चर्चा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री यादवले समग्र विकास र नमूना गाउँपालिका बनाउन युवाहरुको भुमिका महत्वपूर्ण रहेको स्पष्ट गरे । अहिलेसम्म देशमा भएका विकास र परिवर्तनमा युवाहरुको ठुलो योग्दान रहेको चर्चा गर्दै उनले वर्तमान समयमा स्थानीय तहहरुमा रहेका समस्या सामाधानका निम्ति पनि युवाहरुलाई अगाडी आउनुपर्ने आवश्यकता औंल्याए ।

‘स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकास नभएको पनि होइन् । तर वेथिति पनि कम छैन्’ उनले भने–‘ती वेथितिहरु निर्मुल पार्न र दुरदराजका गाउँसम्ममा देखिएका समस्याहरु सामाधान गर्न युवाहरुलाई सक्रियता बढाउनु जरुरी छ’ उनले त्यस्ता मुद्दाहरुमा कार्य गर्ने युवाहरुसँग आफु हरेक क्षण साथ रहने प्रतिवद्धता पनि जनाए ।

‘आफ्नो गाउँ आफै बनाउ’ नाराका साथ सुरु गरिएको अभियानको क्रममा आयोजना गरिएको अन्तरक्रियामा प्रदेश २ का प्रदेशसभा सदस्य नेत्र विक्रम साह, जिल्ला समन्वय समितका संयोजक प्रभाकर यादव, गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल ‘कुरुड’, उपाध्यक्ष उषाकुमारी मण्डल, जनता समाजवादी पार्टी नेपालका नेताहरु केदारप्रसाद यादव, दिनेशकुमार यादव, किशोरकुमार यादव ‘केसी’ र अमरनाथ मण्डलले विकास र नमूना गाउँपालिका बनाउनमा युवाहरुको भुमिकाबारे चर्चा गरे ।

यसैगरी वडा अध्यक्षहरु विनोद यादव, चुनचुन साह, दिपेन्द्र यादव, रमानन्द पण्डित, शिवशंकर पण्डित, विरेन्द्र प्रसाद साह, प्रमिलादेवी यादव, नेपाली काँग्रेसका गाउँपालिका संयोजक मो.जिब्रील, नेकपाका गाउँपालिका संयोजक तेजनारायण यादव, जनमतका गाउँपालिका संयोजक ऋषिकेश ठाकुर लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आधा दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस