शहिद प्रभु नारायण स्मृति टि–२० क्रिकेटः पवि राजविराज र कल्याणपुर विजयी

राजविराज, २४ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा ‘शहिद प्रभु नारायण स्मृति टि–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत सोमवार दुई चरणमा खेल सम्पन्न भएको छ । पहिलो चरणको खेलमामा पवि माध्यमिक विद्यालय राजविराज र बरर्साईन क्रिकेट टिम बिच खेल भएको छ । बर्साइन टिमले टस जितेर फिल्डिङ रोजे ।

पवि राजविराजले व्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २४८ रन तयार पारे । २४९ रनको लक्ष्यसाथ मैदानमा आएका बर्साइन टिमले १६ दशमलव ४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ७५ रनमै समेटिए । खेलमा पवि राजविराजका मो. फारुकले ४ विकेट लिदै ६७ रन बनाएवापत म्यान अफ द म्याच घोषित भए ।

दोश्रो चरणको खेलमा कल्यानपुर र तोपा क्रिकेट टिम बिच खेल भएको छ । खेलमा तोपाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए । कल्याणपुर टिमले टस हारेर व्याटिङ गर्दै ६ विकेट गुमाउदै २० ओभरमा २५९ रन बनाए ।

तोपा टिमले १६ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ९९ रनमै समेटिदा पराजित भए । दोश्रो चरणको खेलमा ३ विकेट लिदै ७६ रन बनाएर कल्यानपुर टिमका मो. नयीन म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलवार हनुमाननगर र वरहिविरपुर क्रिकेट टिम बीच खेल हुने स्थानिय सविरले मधेश लाइभलाई जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस