विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड ६० लाख ६ हजार

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा थप चार लाख ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । चार लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ ।

वल्र्डोमिटरको तथ्यांकअनुसार उपचार गराइरहेकामध्ये ९३ हजार ७२४ जना सिकिस्त छन् । हालसम्म कुल संक्रमितको संख्या ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २३ लाख ८९ हजार ३७० जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ७७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस