नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

सोही अवधिमा थप ३५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण्णबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस