कल्पनाको मानव अधिकार लोक आधुनिक म्युजिक भिडियो विमोचन

राजविराज, ३ मंसिर । सप्तरीको राजविराजमा बुधवार आयोजित एक कार्यक्रमका बीच गायिका तथा रचनाकार कल्पना नेपाल आचार्यको मानव अधिकार लोक आधुनिक भिडियो म्युजिक विमोचन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी मैथिली साहित्य परिषद् राजविराज एवं नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले म्याजिक भिडियोको विमोचन गरेका छन् ।

सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रमका वक्ताहरुले मानव अधिकारमा आधारित रहेर गरिएको गीतको शब्द रचना र तराई मधेश तथा पहाडलाई समेटेर तयार गरिएको म्युजिक भिडियोको प्रशंसा गरे ।

सप्तरी युथद्वारा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा र कार्यक्रमका अध्यक्ष देवले गीतको शब्द रचना र भिडियोको प्रशंसा गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, सप्तरी युथका कोषाध्यक्ष विष्णु यादव लगायतको उपस्थिती थियो । पाल्पा स्थायी घर भएकी आचार्य काठमाडौं निवासी हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यकी धर्मपत्नी रहेकी उनी हाल सप्तरीमा बस्दै आएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस