विश्वमा कोरोनाबाट एकै दिन १० हजारको मृत्यु, छ लाखबढी संक्रमित थपिए

जनकपुरधाम । विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन १० हजारभन्दा बढीको मृत्यु भएको छ । वल्र्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १० हजा ८३६ जनाको मृत्यु भएको हो ।

योसँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ५४ हजार ५९८ पुगेको छ । यसैगरी विश्वमा एकैदिन ६ लाख ४ हजार ८ सय ५५ जना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख ५५ हजार ६७५ जना पुगेको तथ्यांक छ । संक्रमितमध्ये ३ करोड ९३ लाख ४८ हजार ९२२ जना निको भएका छन् भने उपचार गराइरहेकामध्ये १ लाख १ हजार २१५ जनाको स्वास्थ्य अवस्था जटिल रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस