विश्वभर ५ करोड ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण

जनकपुरधाम । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८४ लाख नाघेको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जना संक्रमित थपिएसँगै ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको हो ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ छ । जसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था जटिल रहेको वल्डोेमिटर्सको तथ्यांकमा छ ।

यसैगरी संक्रमितमध्ये हालसम्म ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा थप १० हजार ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस