भारतमा थप ४३ वटा मोबाइल एप्समाथि प्रतिबन्ध

भारतीय सूचना प्रविधि मन्त्रालयले मंगलबार थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको मन्त्रालयको भनाई छ ।

प्रतिबन्धित एप्सहरूमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित ४ वटा एप्सहरू रहेका छन् । अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ लगायतका चिनियाँ एप्सहरू प्रतिबन्धको सूचिमा परेका छन् ।

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले चिनियाँ मोबाइल एप्सहरूले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरू संकलन गरी चीन पु¥याएको आरोप लगाएको थियो ।

चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरू भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरू तीब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरूले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरू निर्माण गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस