मणिपालले ओगटेको जग्गामा प्रतिष्ठानको काम अगाडि बढ्छः मुख्यमन्त्री राउत

 

जनकपुरधाम, १६ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरेर काम अगाडि बढाउने बताएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरले मङ्गलवार आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुक्त हुने भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने प्रतिवद्धता व्यक्त गरे । मणिपालले गुठीसँग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानलाई दिइने उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरलाई सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीति कर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न आग्रह गरे । अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर , अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंह, पूर्व मेसु एवं सभासद डा. विजय कुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस