छिन्नमस्ता वडा नम्वर १ र ७ विजयी

राजविराज, १६ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा स्तरीय टी टवान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो दिन मङ्गलवारको २ खेलमा नम्वर १ र वडा नम्वर ७ विजयी भएको छ ।

छिन्नमस्ता गाँउपालिको सहयोग तथा छिन्नमस्ता स्पोर्ट्स क्लब १ बरही बिरपुरको आयोजनामा बरही थान पोखरी क्रिकेट मैदानमा सञ्चालित दोस्रो दिनको पहिलो चरणको खेलमा छिन्नमस्ता वडा न.४ र वडा न.७ बीच टस जितेर ब्याटिङ थालेका वडा नम्वर ४ ले निर्धारित १८ ओभरको खेलमा १४.३ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सफल भए । जसमध्ये रबिन यादव ३२रन बाहेक अरु कुनै पनि ब्याटसम्यानले दोहोर स्कोर गर्न सकेन । बलिङ तर्फ छिन्नमस्ता वडा न.७ का अजित यादवले ५ विकेट, अभिशेख यादवले २ विकेट तथा प्रकाश यादव, पृतेश यादव, अनिल शर्माले समान १/१ विकेट लिए ।

यसैगरी जवाफी ब्याटिङ्ग गर्न ओर्लेका छिन्नमस्ता वडा न.७ ले ९ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाउदै लक्ष्य हासिल गरे । जसमा सुशील यादवले ४६ रन, उपेन्द्र यादवले १५ रन जोडे । यता बलिङतर्फ छिन्नमस्ता वडा न.४ का बिरेन्द्र पन्डितले १ विकेट,अन्केश यादवले १ विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दी म्याच वडा न.७ का अन्जित यादव घोषित भए ।

त्यसै गरि दोस्रो खेलमा छिन्नमस्ता वडा न.१ र वडा नम्वर २ बीच भएको खेलमा वडा नम्वर १ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित १८ ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाए । जसमा छत्रनारायण रायले ७० रन, सन्तोष यादवले २० र रबेन यादवले २१ रनको योगदान दिए । बलिङ तर्फ छिन्नमस्ता वडा न.२ का भोला यादवले २ विकेट तथा मनोज मण्डल र आनन्द राउतले समान एक एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गर्न ओर्लेका छिन्नमस्ता वडा नम्वर २ ले १६.५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ९१ रन मात्र जोड्न सके । जसमा आनन्द राउतले ४६ रन, हरेराम यादवले २० रन बाहेक अरु कसैले पनि दोहोरो स्कोर गर्न थिएन ।

यता बलिङतर्फ छिन्नमस्ता वडा नम्वर १ का संजिब यादवले ३ विकेट, अन्जित यादवले ३ विकेट, रमेश यादव २ विकेट र सुकदेव रायले १ विकेट लिए । उक्त खेलको म्यान अफ दी म्याच छिन्नमस्ता वडा न.१ का छत्रनारायण राय घोषित भए । प्रतियोगिताको बुधबारको खेल वडा न.३ र ६ तथा आयोजक र वडा नम्वर २ बिच हुने छिन्नमस्ता स्पोर्ट्स क्लबका अध्यक्ष रवी रायले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस