सप्तरीको कठौनामा सामाचकेवा महोत्सव सम्पन्न

राजविराज, १६ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ कठौनामा मङ्गलवार सामाचकेवा महोत्सव आयोजना गरियो ।

महोत्सवका अवसरमा बोल्दै वक्ताहरुले थारु संस्कृतिको आफ्नै पहिचान रहेको भन्दै यसको संरक्षण सम्वद्र्धन हुनुपर्नेमा जोड दिए । कला, संस्कृति एवम् सभ्यताको धनी आदिवासी थारु समुदायलाई सरकारले समेत उपेक्षा गरेको भन्दै त्यसकालागि आवाज उठाउनुपर्नेमा उनीहरुको भनाइ थियो ।

महोत्सवका संयोजक प्रमिला चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष मो. याकुव राइन, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ्ग, आदिवासी जनजाती महासंघका नगर अध्यक्ष सत्यनारायण चौधरी, आदिवासी भवनका जग्गादाता विष्णुदेव चौधरी, समाजसेवी गणपति साह, वडा सदस्य शिवनारायण साह, फुली दास चौधरी लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य महासंघका गौरी चौधरीले व्यक्त गरे ।

कार्यक्रममा सामाचकेवासहित थारु संस्कृतिको प्रदर्शन गरिएको आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस