थप १३०४ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

राजविराज । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ जना पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट संक्रमणबाट हालसम्म १ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस