आदित्य र स्वेताको विवाहः नाच्दै उदित र दीपा (तस्विर हेर्नहोस्)

 

बलिवुडका चर्चित गायक उदितनारायण झाका छोरा अभिनेता, कार्यक्रम सञ्चालक एवम् गायक आदित्यनारायण वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।

विगत ११ वर्षदेखि प्रेम सम्बन्ध रहदैआएकी स्वेता अग्रवालसँग औपारिक रुपमा वैवाहिक जीवनमा बाँधिन लागेका हुन् । आदित्य बाजागाजाका साथ विवाह समारोहमा पुगेका छन् । उक्त विवाहमा आदित्यका आमा दिपा र बुवा उदितसहित परिजन समेत सहभागी भएका छन् । उनीहरु नाचगान गर्दै वैवाहिक माहौललाई रोमाञ्चक बनाएका छन् ।

विवाह अघि उनीहरु २९ नोभेम्बरमा हिन्दू परम्परा अनुसार तिलक सेरेमोनी पुरा गरेका छन् । दुवै जनाको तिलक सेरेमोनको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त अवसरमा आदित्यका पिता उदित र दीपासहित केही आफन्तजन उपस्थित थिए । उदीतको पैतृक जन्मथलो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदह हो । उनी दुई वर्ष अघि समेत घर आएका थिए । तस्विरः आजतक

?????????????????

Author:



क्याटोगरी छान्‍नुहोस