जनकपुरधाम । नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । बुधबारका लागि छापावाल सुन तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोलाको ९० हजार ५ सय थियो भने सोमबार ९० हजार थियो । यसैगरी तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बृछि भएको छ । तेजावी सुनको तोलाको ९० हजार ५ सय ५० कायम भएको छ ।
चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलाको ११ सय ८५ रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।