विराटनगरमा मंसिरभित्रै विद्यालय सञ्चालनमा ल्याउने तयारी

सौरभ यादव
विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर मंसिर महिनाभित्रै विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको छ । संघीय सरकारले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई अनुमति दिएसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका शिक्षण संस्थाहरु सञ्चालमा ल्याउने तयारी थालिएको हो ।

विराटनगर महानगरपालिका शिक्षा इकाई प्रमुख दुर्गा खत्रीले विद्यालय सञ्चाल गर्न सिडियो कार्यालयसँग समन्वय गर्ने कार्य भइरहेको बताए । ‘हामीले विद्यालय सञ्चालन गर्ने सवालमा पहिलो चरणमा प्रधानाध्यापक, अभिभावक, जनप्रतिनिधि लगायतका सरोकारबालाहरुसँग छलफल गरिसक्यो’ उनले भने–‘अब पुनः दोश्रो चरणको छलफलपछि सिडियो कार्यालयसँग समन्वय गरेर स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिइनेछौं ।’

उनले यी सवै गृह कार्य गर्न करिब एक सातासम्म लाग्ने र मंसिर महिनाभित्रै विद्यालयहरु सञ्चालन गर्ने तयारी रहेको बताए । ‘विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा छौं,’ उनले मधेशलाइभसँग भने ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले कोरोनाका कारण पठनपाठन अत्यधिक प्रभावित भइसकेकोले सवै मिलेर शिक्षण संस्था सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । ‘लामो समयदेखि शिक्षण संस्था ठप्प रहेकाले विद्यार्थीहरुको भविष्य नै अन्यौल भएको छ र विस्तारै कोरोनाको प्रभाव पनि कम हुँदै गएकोले विद्यार्थीहरुको भविष्यलाई ख्याल गरेर पनि विद्यालय सञ्चालन गर्नु जरुरी छ’ उनले भने–‘जसकालागि सवै पक्षले सघाएर यसमा जुट्नु आवश्यक छ ।’

मेरिल्याण्ड कलेजका प्रिण्सिपल लक्ष्मण ढकालले विगत नौ महिनादेखि पठनपाठन प्रभावित रहेकाले विद्यार्थीहरु पनि तनाबमा रहेको बताए । ‘हामीले अनलाइनमार्फत पठनपाठन सुरु गरेपनि केही विद्यार्थीहरु नेटको पहुँचमा नरहेकाले उनीहरुमा तनाव थपिएको पाए’उनले भने–‘र, अधिकांश विद्यार्थीहरु कक्षामै आएर पढ्न चाहिरहेका छन् पनि, यी कुरालाई सवैले विचार गर्नुपर्ने हुन्छ ।’

उनले कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्डलाई ख्याल गरेर शिक्षण संस्था सञ्चालनमा ल्याउनुको विकल्प नरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780