नेकपाको सचिवालय बैठकमा ओली नआएपछि २० गतेसम्मका लागि स्थगित

जनकपुरधाम । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ । बुधवार ढिलो गरी सुरु भएको सचिवालय बैठक जम्मा २० मिनेट बसेर सकिएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सारिएको थियो । तर, बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

यसैगरी नेकपाको स्थायी कमिटी बैठक मंसिर २१ गते सम्मका लागि सारिएको छ । यसअघि मंसिर १८ गतेका लागि स्थायी कमिटीको बैठक तय भएको थियो । तर नेकपाका अध्यक्षद्वयबीचको विवादले स्थायी कमिटीको बैठक सरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस