पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण, थप ९ को मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधवार १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । हालसम्म २ लाख १८ हजार १६१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस