बोदे बरसाईन नगरपालिकामा महिलालाई न्यायको पहुँचमा ल्याउन ऐन पारित

उमेश कुमार साह
बोदे वरसाईन, २३ मंसिर । सप्तरीको बोदे वरसाईन नगरपालिकाले महिला सशक्तीकरण, हक अधिकार सुनिश्चितताका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी ऐन–२०७७ र स्थानीय लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यविधी ऐन–२०७७ सम्बन्धी निर्णय पारित गरेको छ ।

नगर कार्यपालिकाको बैठकले सो निर्णय पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले जानकारी दिए । उनले नगरपालिका छिट्टै स्थानीय लैङ्गिक हिंसा निवारण कोष स्थापना गरि संचालनमा ल्याउने बताए ।

नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले महिलाको हक अधिकार सुनिश्चितता र सुरक्षा प्रत्याभूति गराउन महत्वपूर्ण गरिएको बताए । सोे निर्णयले नगरपालिकाभित्र अन्यायमा परेका महिलाहरुलाई न्यायको पहुँचमा ल्याउन सहजता प्राप्त हुने मेयर यादवले विश्वास व्यक्त गरे ।

लैङ्गिक हिंसा निवारण कोष स्थापना सम्बन्धी कानुनी सहजीकरण समग्र जन उत्थान केन्द्र लहान सिरहाले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780