मोरङको मिक्लाजुङ गाउँपालिकामा एक शिक्षकको गोली हानी हत्या

विराटनगर, २३ मंसिर । मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एक शिक्षकको गाली हानी हत्या गरिएको छ । वडा नम्वर १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको हो ।

हत्या घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक संतोष खड्काले बताए ।

सवा ६ बजेतिर ४/५ जनाको समूहमा आएका व्यक्तिहरुले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा बर्खे जंगलमा लगेर हत्या गरेको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस