सप्तरीको छपकीमा दुई सहीदको शालिक अनावरण

 

राजविराज, २३ मंसिर । सप्तरीमा मधेश आन्दोलनका दुई सहीदको शालिक मंगलवार एक कार्यक्रमका बिच अनावरण गरिएको छ ।

रुपनी गाउँपालिकाको वडा नम्वर ४ स्थित छपकीमा आयोजित कार्यक्रममा मधेश आन्दोलनका सहीद खुशीलाल यादव र नागेश्वर यादवको शालिक अनावरण गरिएको हो । जिल्ला समन्वय समिति र सहीद परिवारको सहयोगमा निर्माण गरिएको उक्त शालिकको अनावरण जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरेका छन् ।

मधेश आन्दोलनका क्रममा २०५७ साल जेठ १६ गते खुशीलाल यादव तथा २०७२ साल मंसिर ६ गते प्रहरीको गोलीबाट नागेश्वर यादवको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस