रौतहटको बिनगरामा गजेन्द्र पोखरी सौन्दर्यीकरण शिलान्यास

रौतहट, २३ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नपा ८ बिनगरा स्थित गजेन्द्र पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टीका नेता एवम् सङ्घीय सांसद अनिल कुमार झा र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद झाले प्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई संघीयताको अनुभुती गराएको उल्लेख गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यटकीय विकासमा कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । अभियान अन्तर्गत जानकी मन्दिरबाट शुरु योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सांस्कृतिक धरोहरहरुको सौन्दर्यीकरण गर्दै प्रदेशलाई धार्मिक सांसकृतिक पर्यटनको हब बनाउने योजना आफुहरुको रहेको उनले बताए ।

भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले विकास निर्माणमा सबै दल एकजुट रहेकोे सन्देश दिएको उल्लेख गरे । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर निर्माण, वाक वे, शौचालय निर्माण सहितको कार्यक्रम रहेकोे छ ।

मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जसपा नेता बृज किशोर यादव, माधव नारायण नगरपालिकाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा लगायतले मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस