राजविराज, २३ मंसिर । महिला हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा सोमवार सप्तरीको राजविराजमा दहेज मुक्त मिथिला (नेपाल)द्वारा हिंसा पीडित महिलालाई सम्मान गरिएको छ ।
लैंगिक भेदभाव तथा महिला उपर हिंसा विरुद्ध जनजागरण अभियानका क्रममा दुई महिलालाई सम्मान गरिएको हो । सामुहिक बलात्कार पश्चात पञ्चायतद्वारा पीडि़ता महिलालाई न्याय दिलाउनुको मिलाउने प्रयास गरेपछि पीडित संगीता मण्डलले आत्महत्या गरेकी थिईन् । मृतक रधियादेवी मण्डललाई संस्थाका संस्थापक अध्यक्ष एवम् साहित्यकार करुणा झाले जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरेकी छिन् ।
सोही कार्यक्रममा घरेलु हिंसाकी शिकार विजया देवी यादवलाई समेत केही नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ । अभियानका संयोजक मनोहर पोखरेल, अधिकारकर्मीहरु अशोक कुमार झा, सुमित्रा दास, नानी मैंया कटुवाल लगायतले सम्मान कार्यक्रमको प्रसंशा गरे । हिंसा पीडित महिलालाहरुलाई जिविकोपार्जनकालागि समेत प्रयास भईरहेको जनाईएको छ ।